सबै मै हुँ ? प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार कहाँबाट आयो ?

रातोपाटी

काठमाडौँ
Breaknlinks
Breaknlinks

संसद विघटनका विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस आन्दोलनमा जाने भएको छ । मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैककमा संसद विघटन विरुद्ध संघर्षमा जाने वा मध्यावधि चुनावको तयारीमा लाग्ने भन्नेमा मत विभाजित भए पनि १३ पुसमा देशव्यापी आन्दोलन गर्ने घोषणा काँग्रेसले गरेको छ । यता काँग्रेस नेताहरुमा पार्टीको १४ औं महाधिवेशनको पिरलो छुट्टै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न परिस्थितिलाई लिएर काँग्रेसभित्र पनि हलचल आएको छ । यिनै विषयको सेरोफेरोमा रहेर रातोपाटीले काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहसँग कुराकानी गरेको छ । प्रस्तुत छ, सभापति पदका आकांक्षीसमेत रहेका सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :

नेपाली काँग्रेसले संसद विघटनको विरोधमा आन्दोलनको घोषणा गरेको छ । आन्दोलन कसरी अगाडि बढ्छ ?

 प्रधानमन्त्री केपी ओलीजीले संवैधानिक प्रावधानको दुरुपयोग गरेर संसद विघटनको कदम चाल्नुभएको छ । संविधान जारी गर्दा प्रधानमन्त्रीभन्दा संसदलाई बढी महत्त्व दिइएको थियो । किनभने ०४७ को संविधानमा प्रधानमन्त्रीले आफ्नो इच्छा बमोजिम संसद भंग गर्ने व्यवस्था गरियो । जसका कारण मुलुक अस्थिर भयो भनेर संविधानसभाबाट संविधान बनाउँदा राजनीतिक स्थायित्वका लागि संसदलाई बलियो बनाइएको हो ।

प्रकाशित मिति: : 2020-12-25 15:11:00

प्रतिकृया दिनुहोस्