मधेशमा महिलामाथि विभेद बढ्योः जसपा नेतृ ललिता यादव (भिडियाे)

जनता समाजवादी पार्टीकी युवा नेतृ ललिता यादवले मधेशमा महिलामाथि हिँसा बढेको बताएकी छिन्।

लहानस्थित ईलाका प्रशासन कार्यालयको प्राङ्गणमा बिएल नेपाली सेवासँग कुराकानी गर्दै यादवले महिला हिँसा बढेको दावी गरेकी हुन्।
समाजमा मात्र होइन सरकारी कार्यालयमा समेत महिला सेवाग्राही हेपिने गरेको पनि उनले बताइन्।

प्रहरी प्रशासन महिला हिँसामा तटस्थ बसिदिने गरेकाले महिला हिँसा बढेको उनको भनाई थियो।

‘बलत्कारी र पिडित महिला दुबैसँग प्रहरीले समान व्यवहार गरेको पाउँछु,’ उनले भनिन्,‘यसले बलत्कारीलाई प्रोत्साहन मिलेको महसुस मैले गरेको छु।’
लहान घर भएकी नेतृ यादव बिद्रोही महिला नेतृको रूपमा पनि यहाँ चिनिन्छिन्।
 

प्रकाशित मिति: : 2020-12-26 08:49:00

प्रतिकृया दिनुहोस्