अर्थ समाचार नेपाली उत्पादन : कृषि क्रान्ति गर्ने सोचले ब्युँताएको ‘पोथी मेसिन’

नेपाल लाइभ

काठमाडौँ

निर्मला घिमिरे

कैलाली टीकापुरका २५ वर्षीय इलेक्ट्रिकल इन्जिनियर सुमन पौडेलको सानैदेखिको सोच थियो–नेपालमा कृषि क्रान्ति गर्ने। अत्याधुनिक प्रविधिमार्फत् थोरै लगानीमा कसरी धेरै उत्पादन गर्न सकिन्छ भनेर उनी अध्ययन पनि गरिरहेका थिए। 

खोज, अध्ययन र लगावले उनको सपना विस्तारै विपनामा परिणत हुँदै गयो। यसअघि नै कृषि क्रान्तिका लागि घरैबाट खेतबारीको अवस्था नियाल्न सकिने प्रविधि एग्रिकल्चर अटोमेशन सिस्टमलगायत अन्य प्रविधिसमेत विकास गरेका सुमनले पछिल्लो समय निकै लोकप्रिय प्रविधिको विकास गरेका छन्। 

उनले नेपालमै पहिलो पटक इन्क्युबेट (अण्डाबाट चल्ला कोरल्ने) मेसिन बनाउन सुरु गरेका छन्। उक्त मेसिनले चल्ला कोरल्ने हुँदा नाम नै ‘पोथी’ राखिएको छ।

प्रकाशित मिति: : 2020-12-26 12:45:00

प्रतिकृया दिनुहोस्