वीरगञ्जमा ५१ जनाले रक्तदान

चित्रांश युवा समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ११ महिलासहित ५१ जनाले रक्तदान गरेका छन्।

तराई मधेशमा बढ्दै गएको चिसोको कारण रक्तदान गर्ने कार्य प्रभावित हुँदा रक्तसंचार केन्द्रमा रगतको अभावको संकेत देखा परेपछि अकास्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

चिसोको कारण विरामीको संख्या बढ्दै गइरहेकोले दैनिक ३०–४० यूनिट रगतको माग आइरहेको केन्द्रका प्रमुख उदयराज शर्माले बताए।

उनले केन्द्रमा रगतको अभाव हुने संकेत देखा परेको बताउदै रक्तदान गर्न र गराउनु सबैलाई अनुरोध गरेका छन्।

रक्दान कार्यक्रममा रक्तसंचार केन्द्र वीरगञ्जका प्राविधिक टोलीले सहयोग गरेको  रेडक्रस वीरगञ्जका राजन श्रीवास्तवले जानकारी दिए।

प्रकाशित मिति: : 2020-12-26 14:12:00

प्रतिकृया दिनुहोस्