जोखिमपूर्ण पेट्रोल पम्प

राजेश बर्मा/  सुवास गोतामे

२८ मंसिर २०७७ : ललितपुर ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पअगाडि ट्यांकरमा आगलागी। वारुण यन्त्र प्रयोग गरी समयमै आगलागी नियन्त्रण।
५ पुस २०७४ : वीरगन्जको सुपर ग्यास उद्योगमा ग्यास भण्डारण ट्यांकीबाट ग्यास लिक भई आगलागी। अग्निनियन्त्रक टोलीका दुईसहित तीन जनाको मृत्यु। मानवीयबाहेक १५ करोड रुपैयाँबराबरको क्षति।
२३ कात्तिक २०७४ : त्रिपुरेश्वरको जयन्ती आयल स्टोर परिसरभित्र आलम मेकानिकल वर्कसपमा आगलागी। एक जनाको ज्यान जानुका साथै दुई जना घाइते।
९ भदौ २०७३ : बल्खुको दक्षिणकाली पेट्रोल पम्पमा विद्युत् सर्ट भई आगलागी। तीन कामदार, प्रहरी र गाडी चालक घाइते।
असार २०७४ : लोकन्थलीको सिद्धार्थ पेट्रोल पम्पमा आगलागी। चार जना घाइते। ठूलो परिमाणमा धनसम्पत्तिको नोक्सानी।
माघ २०६४ : बल्खुको पेट्रोल पम्पनजिकै सडकमा १८ टन ग्यास बोकेको बुलेट दुर्घटना। पम्पबाट डेढ सय मिटर दूरीमा ग्यास डिपो। दर्जनौं चिम्नी। ग्यास लिक भएको भए आधा काठमाडौं सकिने जुद्ध वारुणयन्त्र काठमाडौंका तत्कालीन प्रमुख हरि बुढाथोकीको भनाइ।

प्रकाशित मिति: : 2020-12-27 11:37:00

प्रतिकृया दिनुहोस्