सुविधा र पैसा आर्जन गर्न आएकाे हाेइन: पर्यटनमन्त्री ढकाल

बिएल संवाददाता

काठमाडाै‌ं

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको बताएका छन्। 

आइतबार मन्त्रालयमा कार्यभार ग्रहण गरेपछि कर्मचारीहरुसँग कुरा गर्दै मन्त्री ढकालले आफूले सकेसम्म सेवामा समर्पित गर्दै सुनाम कमाउने मात्रै उद्देश्य राखेको बताएका हुन्।

उनले भने, ‘जति सक्छु म सेवामा समर्पित हुन्छु । जति कमाउनु छ मलाई सुनाम कमाउनु मात्रै छ ।’

राज्यलाई दोहन गरेर राज्यबाट के पाउँछु भन्दा पनि राज्यलाई समृद्ध बनाउन तर्फ सबैले सोच्नु पर्ने पनि मन्त्री ढकालले बताए । उनले भने, ‘ राज्यलाई समृद्ध बनाउने कुरामा मेरो योगदान के हुन सक्छ र त्यो संस्थाको उपयोगिता कसरी हुन्छ भन्ने कुरामा अलि बृहत भएर सोचौँ ।’

तारागाउँ समितिको पनि आफ्नै महत्व भएको तर त्यस भित्रको कथा बेग्लै भएकाले त्यसलाई सुधार गर्न आफूले अध्ययन थाल्ने पनि मन्त्री ढकालले बताए । 

प्रकाशित मिति: : 2020-12-27 13:38:00

प्रतिकृया दिनुहोस्