राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै काठमाडाैंमा राप्रपाकाे र्‍याली

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दुराज्य र राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै र्‍याली निकालेको छ।

'राजा आउ, देश बचाउ' भन्दै राप्रपा कार्यकताहरु माइतीघरबाट बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो।

त्यसक्रममा राप्रपा कार्यकर्ताहरुले केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई ज्ञापन पत्र समेत बुझाएका छन्। 

प्रकाशित मिति: : 2020-12-27 14:34:00

प्रतिकृया दिनुहोस्