संसद विघटनविरुद्द सिरहामा जसपाकाे प्रदर्शन

जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटन असैवधानिक भएको भन्दै सदरमुकाम सिरहामा आइतबार भब्य प्रदर्शन गरेको छ। 

गाउँगाउँबाट उर्लिएका प्रदर्शनकारीको संख्या उल्लेख्य थियो । प्रदर्शनकारीले नाराजुलुससहित सिरहा बजार परिक्रमा गरेको थियो ।

जुलुसमा महिला , युवा र वृद्दहरूको उल्लेख्य सहभागिता थियो ।
संसद विघटन प्रधानमन्त्री केपीशर्मा ओलीको असैवंधानिक कदम भन्दै जसपाले विभिन्न मितिमा विभिन्न रूपका आन्दोलन घोषणा गरेकोमा आज देशब्यापी प्रदर्शन गरेको हो ।

आइतबार सिरहाको प्रदर्शनमा सहभागीले प्रधानमन्त्रीविरूद्द अभद्र नारा लगाएकोमा भने जनस्तरमा आलोचना भएको छ ।

तर सिरहाको प्रदर्शनमा जनताको उत्साहपूर्ण सहभागिता जसपाको लागि शुखद मान्न करै लाग्छ, सिरहाको एक चिया पसलमा चिया खाइरहेका एक स्थानिय भन्दै थिए ।

प्रकाशित मिति: : 2020-12-27 19:17:00

प्रतिकृया दिनुहोस्