मुरलीधरनको टेस्टको एउटा कीर्तिमान भंग

भारतीय स्पिनर रविचन्द्रन अश्विनले श्रीलंकाका महान बलर मुथैया मुरलीधरनको एउटा रेकर्ड भंग गरेका छन्। 

उनले बायाँ हाते ब्याट्सम्यानलाई आउट गर्ने मामिलामा श्रीलंकाली बलरको कीर्तिमान भंग गरेका हुन्। 

अश्विनले बायाँ हातबाट ब्याटिङ गर्ने १ सय ९२ ब्याट्सम्यानलाई आउट गरिसकेका छन्। मुरलीले १ सय ९१ जनालाई आउट गरेका थिए। भारतकै अनिल कुम्बलेले यसअघि १ सय ६७ जनालाई आउट गरेका थिए। 

अश्विनले हालसम्म टेस्टमा ३ सय ७५ विकेट लिएका छन्। जवकी मुरलीधरनको खातामा ८०० टेस्ट विकेटको कीर्तिमान छ। कुम्बलेले ६ सय १९ विकेट लिएका थिए।

हाल भारत र अस्ट्रेलियाबीच दोस्रो टेस्ट जारी छ। अश्विनले दोस्रो इनिङमा दुई विकेट लिएर यो कीर्तिमान बनाएका हुन्।

प्रकाशित मिति: : 2020-12-29 09:06:00

प्रतिकृया दिनुहोस्