फेरि प्रचण्डको क्रमभंगता : लेखेर राख्नुस् कमरेडहरू, चमत्कार हुँदैछ !

लोकान्तर

काठमाडौँ
दिलनिशानी मगर

योपुस महिनाको जाडोमा तातोतातो चिया पिएर, हिटर तापेर घरमै बस्नुपर्ने बेलामा मानिसहरू फेरि आन्दोलन गर्न सडकमा निस्किएका छन्। यस्तो लाग्छ कि आन्दोलनकारी देखेर  कोरोनाभाइरस नै डराएको छ। आन्दोलनका नारा सुनेर शायद कोरोनाभाइरसले नेपाली भूमिबाट सदाका लागि आत्मसमर्पण गरिसकेको जस्तो लाग्छ। 

साँच्चै राजनीतिक भाइरसको अगाडि यो जैविक भाइरस सानो फुच्चे हुँदोरहेछ। कोरोनाभाइरस त खारेज पो हुँदो रहेछ। सामाजिक दूरी कायम त्यतिबेलासम्म रहने रहेछ, जतिबेलासम्म मन स्थिर रहन्छ। एकबारको जुनीमा मन अस्थिर होस् त, मेरा बाबै मान्छे मर्नदेखि नडराउने रहेछ। मास्कको कुरा त के गर्नु, कोहीले चिउँडोमा मास्क लगाएका छन्, कोहीले कुहिनामा मास्क अड्काएका छन्। कोहीले त बालै नदिएर मास्क खल्तीमा राखेका छन्। 

के राजनीतिक भाइरसको निर्मम उदय भएकै हो त? एकबारको जुनीमा  फेरि एकपटक जिन्दावाद र मुर्दावाद सुनिन थालेका छन्। हिजोसम्म गाला जोडेर बसेका मानिसहरू आज कुकुर र बिरालो जस्तै गरेर झगडा गर्न थालेका छन्। कित्ता क्लियर गर्नका निम्ति तिनीहरूलाई बडो हतार छ। को कसको मान्छे हुने बडो प्रतिस्पर्धा छ र अन्तत: प्रचण्डले घुमाइघुमाइ भाषण दिन थालेका छन्। 'यो मजाक हैन कमरेडहरू, साँच्चै क्रमभंग नै गरेको हुँ' भन्दै उनी मुसुमुसु हाँस्न थालेपछि त्यसको संकेत हुन्छ, अब केही हुन्छ ।

प्रकाशित मिति: : 2020-12-29 12:30:00

प्रतिकृया दिनुहोस्