११ वर्ष दुर्व्यसनीमा फसेका कल्पेश अचेल अरूलाई सुधार्छन्

सविता बुढा

कैलालीको टीकापुरका ३२ वर्षीया कल्पेश कुँवरले किशोर अवस्थामा हुने बिरूवाको चिल्लो पातझैं थिए।

जागिरे बुवाका छोरा भएकाले पुल्पुलिएर हुर्किएका। पहाडमा हुर्किए पनि उनी १५ वर्षको हुँदा ९ कक्षा पढ्न टीकापुर आइपुगे।

वीरेन्द्र विद्या मन्दिरमा भर्ना भए। उनी खेलकुदमा अब्बल निस्किए।

‘म पढाइमा भन्दा पनि खेलकुदमा अगाडि थिएँ,’ उनले भने।

विभिन्न खेल गतिविधिमा पदक जिते।

स्कुलले समेत उनलाई कतिसम्म गर्थ्यो भने कतै उनले पुरस्कार जितेको थाहा पाए बिहानी प्रार्थनाको समयमा सबैका अगाडि पुरस्कार दिइन्थ्यो।

अब उनी सहरबाट बाहिर पनि खेल्न जान थाले। त्यहीँबाट सुरू भयो उनको ओरालो गति।

सहरबाट टाढा जाँदा रमाइलो गर्न भन्दै बियर खान थाले, बियर खाँदाखाँदै चुरोट, चुरोटसँग गाँजा…।

प्रकाशित मिति: : 2020-12-30 12:32:00

प्रतिकृया दिनुहोस्