अस्थीरताको छायाँमा सम्वृद्धिको आकांक्षा

देशसञ्चार

काठमाडौँ

जगदीश वाग्ले

नेपाली जनताले चाहेको विकास, सम्वृद्धि नै हो तर उनीहरू प्रजातन्र र स्वतन्रताको नाममा ठगिने क्रम निरन्तर छ। अस्थिरतालाई नै स्थिर बनाउँदै लगेको नेपाली राजनीतिले अब सम्वृद्धिको आकांक्षा पूरा गर्ला भनेर विश्वास गर्ने आधार समाप्तजस्तै भएको छ। बहुमत र दुई तिहाइ जनमत पाएका सरकारहरू नै सबैभन्दा धेरै अस्थिरताको कारण बनेको सिद्ध भए। सबैले अस्थिरताको तीतो अनुभव पनि भोगिसकेको हुनुपर्छ तर सच्चिन खोजेको देखिदैँन। अब अस्थिरताको कारण र अनुभवलाई अनुसन्धान र छलफलमा ल्याउनुपर्ने समय आएको छ। अस्थिरताको कारण खोज्ने र त्यसको निदानका लागि नयाँ राजनीतिक “डिस्कोर्स” मा जाने वातावरणका लागि सबैलाई एकजुट हुन समयले लल्कारेको छ। तर, दुर्भाग्य नै भन्नु पर्छ, विचारमा सहमति हुने अवस्था छैन; सबैका डम्फुहरू फरक छन् र आवाज पनि फरकै दिन्छन्।

फरक विचारको व्यवस्थापन हुन नसक्ने अवस्थामा प्रजातन्रका अन्तरनिहीत कमजोरीहरू सतहमा छताछुल्ल हुनेरहेछ। व्यक्तिको महत्वाकांक्षाले निर्दोष देश र जनताले सजाय पाइरहेका धेरै उदाहरणमध्ये पछिल्लो समय नेपालमा पनि दोहोरिएको छ। यस्तो अस्थिरताको छायाँमा परावर्तित सम्वृद्धिको आकांक्षा असम्भव हुन्छ भन्ने पनि छर्लङ्ग भयो। अतः स्वतन्रताको पुरानो राजनीतिक संकुचित “न्यारेटिभ”लाई आर्थिक मान्यता अनुसार नबदलेसम्म आउने परिणाम अस्थिरता नै हो।

प्रकाशित मिति: : 2020-12-30 15:24:00

प्रतिकृया दिनुहोस्