.थवाङलाई आर्कषक सांस्कृतिक पर्यटनको केन्द्र बनाइने छ– मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पा पुगेर थवाङलाई सुविधासम्पन्न सडकले जोड्ने र सांस्कृतिक पर्यटनको आर्कषक केन्द्रको रुपमा विकास गर्ने बताएका छन्। 

रोल्पाको सुलीचौर—थवाङ सडकको मुख्यमन्त्रीले शिलान्यास गर्दै उनले पुनः प्रतिबद्धता व्यक्त गर्दै थवाङलाई आर्कषक सांस्कृतिक पर्यटनको केन्द्र बनाइने बताएका हुन्। 

अहिलेलाई दुईवर्षमा काम सक्ने गरी २१ करोड ६३ लाख ८३ हजारमा निर्माण कम्पनीले ठेक्काको काम लिएको छ।

सुलीचौर—थवाङ सडक निर्माणले महेन्द्र राजमार्ग र पुष्पलाल मध्यपहाडी राजमार्गलाई एकआपसरमा जोड्ने छ। 

पूर्वी रुकुम र पूर्वी रोल्पाका बासिन्दाका लागि आवतजावतको छरितो सडक हुनेछ। थवाङ हुँदै ढोरपाटन शिकार आरक्ष जाने र आउने पर्यटकका लागि सहज हुनेछ। 

पर्यटन विकासको यो एउटा गेटवे हुनेछ। यही परिकल्पनालाई साकार पार्न यो सडक निर्माणको कामलाई गुणस्तरीय र समयसिमामा पूरा गर्न निर्देशन दिँदै उनले बजेटको अभाव हुन नदिइने बताए।

प्रकाशित मिति: : 2021-01-01 09:33:00

प्रतिकृया दिनुहोस्