‘असफल’ चिनियाँ मिसन र नेपालले सिक्नुपर्ने कूटनीति

देशसञ्चार

काठमाडौँ

युवराज घिमिरे

सन् २०२० को मध्यतिर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको एउटा टोली नेपाल आयो। सत्ताधारी नेपाल कम्‍युनिष्ट पार्टीको विभाजन र लड्खडाउँदो केपी ओली सरकार अस्तित्वमै रहेको बेला उक्त टोली आउनुको अर्थ बुझ्न कठिन थिएन। आफूले ठूलो लगानीका साथ दुई ठूला कम्युनिष्ट पार्टीका विलयबाट जन्मिएको नेकपा दुई वर्षमै अस्ताचलमा पुग्‍नु र विगत चार वर्षमा चीनले आफ्नो विश्वसनीय मानेको केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय जगतको अर्को या प्रतिद्वन्द्वी शक्ति केन्द्रतर्फ झुकेको देखिनु चीनका लागि आश्चर्य र दु:खद् दुवै थिए।

पटक-पटक अतीतमा नेकपाको आन्तरिक विवादका कारण पदमाथि संकट पर्दा उनको खुला बचाउमा उत्रेकी राजदूत याङ्छीले जुलाईमा पार्टी एकता बचाउन परे राजीनामा दिन गरेको आग्रह नटेरेपछि चीन- ओलीबीच दूरी बढ्दै गएको थियो। चीनले ओली पनि आफ्नो निजी स्वार्थ र सत्ताकै लागि नजिकिएका रहेछन् भन्‍ने अर्थ निकाल्नु अस्वभाविक थिएन। फेरि पनि आशा मार्दै चिनियाँ टोली नेपालमा आयो।

प्रकाशित मिति: : 2021-01-01 18:28:00

प्रतिकृया दिनुहोस्