उप-प्राध्यापक परीक्षाको नतिजाले उब्जाएका केही प्रश्न

नेपाल खबर

काठमाडौँ

अजित राई

त्रिवि सेवा आयोगले कात्तिक २६ गते विभिन्न संकायअन्तर्गतका विभिन्न विषयहरुको परीक्षाको नतिजा प्रकाशित गर्‍यो। धेरै परीक्षार्थीहरु अनुत्तीर्ण भए। कतिपय विषयमा एक जना पनि परीक्षार्थी उत्तीर्ण हुन सकेनन्। धेरै विषयमा निर्धारित कोटाभन्दा कम संख्यामा परीक्षार्थी उत्तीर्ण भए। त्रिवि सेवा आयोगले सञ्चालन गर्ने उप-प्राध्यापक पदको परीक्षाको इतिहासमा  सम्भवतः यो पहिलो घटना हो।

चरम राजनीतिकरणको सिकार बन्न पुगेको चरणको त्रिवि सेवा आयोग र कम रुपमा र सूक्ष्म  अवलोकनद्वारा मात्र थाहा पाउन सकिने तरिकाले राजनीतिकृत अहिलेको त्रिवि सेवा आयोगबीचको निष्पक्ष ढंगले परीक्षा सञ्चालन गर्ने क्षमतामा आधारित भिन्नतालाई यस नतिजाले छर्लङ्ग पारेको छ। यस अप्रत्याशित नतिजाले त्रिविसँग कुनै न कुनै रुपले आवद्ध र त्रिविसँग कुनै न कुनै रुपले सरोकार राख्ने मानिसहरुमाझ बहस सिर्जना गरेको छ। यस बहसमा संलग्न व्यक्तिहरुको तर्कहरुलाई सरसर्ती हेर्दा तिनीहरुबाट पाँच वटा सार खिच्न सकिन्छ।

प्रकाशित मिति: : 2021-01-01 18:54:00

प्रतिकृया दिनुहोस्