प्रचण्ड–नेपालमाथि ओलीकाे व्यंग्य, ‘सुन्तला खानु छ भने सुन्तलाबारीतिर जानुपर्छ, सल्लाघारीतिर लागेर हुन्छ?’ 

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (प्रचण्ड)समूहका नेताको ध्यान पदमा मात्रै केन्द्रित भएको आरोप लगाएका छन्।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौं जिल्लाको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पद चाहिएकाे भए केन्द्रीय कमिटिमा आउन सुझाब दिए।

‘माथिका नेताको ध्यान कुसीमा छ, पद चाहिएको भए त बैठकमा आउनु पर्‍यो नि’, प्रधानमन्त्री ओलीले भने, ‘सुन्तला खानु छ भने सुन्तलाबारीतिर पो जानुपथ्र्यो, सल्लाघारीतिर लागेर हुन्छ?’ 

यस्तै उनले असली नेकपा आफैं भएको दाबी पनि गरे।

‘हिजो निर्वाचन आयोगबाट एउटा पत्र प्राप्त गरेँ। उहाँहरूले निवेदन हाल्नुभएको रहेछ हामी सक्कली हो भनेर। त्यो निवेदन हेरेर आयोगका अधिकृतहरु कति दिनसम्म हास्नुभयो होला मलाई थाहा छैन। तर बरमझियाको पेडा पसल हो र सक्कली र नक्कली भन्नलाईरु,’ ओलीले भने।

उनले आफ्नो पार्टी आफ्नै हो भने प्रमाणित गर्नको लागि कुनै आवश्यक नपर्ने समेत बताए। 

‘जसको घर हो त्यो निवेदन हाल्न जान्छ, जसको जमिन हो मेरो जमिन हो भनिरहन्छ? यो मेरो गाडी हो भनेर निवेदन हाल्न जानुपर्छ?,’ उनले प्रश्न गरे।’

उनले अहिलेपनि पुष्पकमल दाहाल,माधवकुमार नेपाल र भmलनाथ खलानलाई नहटाएको समेत प्रष्ट पारे।

‘अहिले पनि प्रचण्ड नेकपाको अध्यक्ष हुनुहुन्छ।नेपाल र झलनाथ खनाललाई वरिष्ठ हटाइएको छैन। उहाँ अझै केन्द्रिय सदस्य हुनुहुन्छ। अरु पनि केही साथीहरु बैठकमा आउनु भएको छैन। कारणहरु होला, आउन होला। हामी सम्झाउन खोजिरहेका छौं उहाँ फर्किन चाहानुहुन्छ भने फर्कन सक्नु हुन्छ। तर पार्टीको काम गर्नुपर्छ गुटको होइन,’ उनले भने। 

यस्तै उनले एकताको तीन वर्षसम्म पार्टी हलनचल समेत नभएको आरोप लगाए।

 उनले भने, ‘समस्या कहाँ रहेछ? खिया कहाँ लागेको रहेछ? दुइटा नटबोल्ट फेर्दा गाडी अगाडि। खिया लागेको दुइटा नटबोल्ट फेरेपछि पार्टी गतिका साथ अगाडि गयो नि।’

ओलीले प्रचण्ड समूहले घोषणा गरेको आन्दोलनप्रति समेत व्यंग्य गरे। ‘अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्छ,’ उनले भने, ‘उहाँहरुको हालत त्यो भन्दा बढ्ता हुने बाला छैन। किनकी उहाँहरुको एजेण्डा जनता होइन, संविधानको रक्षा होइन।’

 

प्रकाशित मिति: : 2021-01-02 16:35:00

प्रतिकृया दिनुहोस्