शितलहर बढ्दो छ

शितलहर बढ्दो छ न, एउटा गतिलो घर छ 
गार्हो छ गरिबको जिन्दगी बहुद कस्टकर छ 

चुसेर मेरो ओठ र भोट मागेर लागेपछि उसले,
कहिले पनि बुझेन कि त्यहाँ तेरो के हालखबर छ  

दिलदेश र अफिसमा बैमानलाई नियुक्ती गरियो 
खै यहाँ इमान पढाई र प्रेमको कहाँ कदर छ? 

विश्वास गरेर मैले के तिमिलाई छातिमा राखेथे   
आजसम्म पनि मेरो मुटुमा लात्तिको असर छ  

उत्ता धनवानहरू रण्डिथानमा तातिरहेछन्,अब उ 
मर्छ जोसङ मफ्लर छ, स्विटर छ, न तातो हिटर छ 

शितलहर बढ्दो छ, न एउटा गतिलो घर छ
गार्हो छ गरिबको जिन्दगी बहुत कस्टकर छ 

गजल न २

खानका लागि एक गेडो चामल छ, न दाल छ
उ गरिब हो, जसको घरमा केवल अनिकाल छ,

बाटोमा रोएको देखेर पनि हेर्दै नहेरी गयो 
होला सायद छिमेकी, जो बहुत पूँजीबाल छ 

आफ्नै आङ झै भत्केका छन्, घरधुरी र वालहरू 
कपडा जस्तै गरेर छोप्न मिल्ने न एउटा त्रिपाल छ 

ए समानता न्याय र समृद्दीका नारा घन्काउनेहरू बुझ् गएर गाउँमा दलित पिडित र गरिबको के हाल छ?
 
तिमिलाई शहर माग्न आउँदा कसरी चोर जसरी आउँ  
म गरिबदलित हुँ र हामीबीचमा अग्लो पर्खाल छ 

भो तिमी जाउँ विदेश पढाउ हामीबीच बाटोमै मर्छौ 
यो दुर्गम गाउँ नजिकै न स्कुल छ, न अस्पताल छ  

खानका लागि न एक गेडो चामल छ, न दाल छ, 
उ गरिब हो हजुर, जसको घरमा केवल अनिकाल छ,

गजल नः ३

मैले हेरेकै हुँ आँखा अन्तै फर्कायौ, कै छैन
आखिर माया नगर्नेलाई मन परायौ, कै छैन

ए ! मन र मुलुकलाई माया गर्छु भन्नेहरु हो 
मेरो देह यो देश तिमिले नै नङ्गग्यायौ, कै छैन 

छोरा बुहारीले त म बुढोलाई गाली गरेकै थिए 
छोराकी आमा तिमिले पनि वचन लगायौ, कै छैन  

साथी भएर हिजोसङ्गै हिँड्ने भनि अङ्गालो मार्यौ 
आज बाटो छाती र पार्टी आफै भत्कायौ, कै छैन 

आखिर के दिउ के सम्झिउ, मृग बगर गए जस्तो  
मलाई सम्झिएर तिमी यस्तो बेलामा आयौ,
कै छैन 

गजल नः ४

एकपल पनि रमाइलो यो जिन्दगानी भएन 
केवल तिमी बिना सफल मेरो जवानी भएन 

जङ्गलमा आगो लाग्यो,फुलहरू जलेर गए 
तर कैले पनि पत्थर जलेर खरानी भएन 

उसले यौन सम्पर्क राख्ने सपना राखेरै बिए गर्यो 
धेरै गर्यो ,धेरै गर्यो तर अहं एउटा नि नानी भएन  

घर भत्काएर सडकमा एकहुल बादरहरू भनिरहे
यो देशमा हामी जस्तो अरु कोइ पनि इमानी भएन 

दूध भएको उखुको जुस खाएर बाँचिरह्यो, मालिक 
छोरो हो किसान आमा हुन र नगद भुत्तानि भएन  

प्रकाशित मिति: : 2021-01-02 22:01:00

प्रतिकृया दिनुहोस्