प्रधानमन्त्रीलाई विशेषाधिकार दिइनुपर्छ : बिजुक्छे

सानो दल, साँघुरो भूगोल तर लोकप्रिय प्रभाव नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का विशेषता हुन्। ४६ वर्षदेखि यो पार्टी हाँकिरहेका नारायणमान बिजुक्छे ‘रोहित’ सदाचारी र विचारमा अडिग नेता मानिन्छन्। उत्तर कोरियाली कम्युनिस्टबाट प्रेरित उनी नेपालका अरूलाई कम्युनस्टिै देख्दैनन्। भन्छन्, ‘ती त भाइ–कांग्रेस हुन्।’ नेकपाका नेताहरूले काम गर्नै नदिएकाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको बाध्यता आइलागेको ठान्छन् उनी। उनको धारणा छ, ‘राष्ट्रपति र प्रधानमन्त्रीलाई विशेषाधिकार दिइएन भने सरकार चल्नै सक्दैन। संविधानमा सबै कुरा प्रस्ट्याएर साध्य हुँदैन।’ प्रस्तुत छ– समसामयिक राजनीतिक विषयवस्तुमा नेमकिपा अध्यक्ष बिजुक्छेसँग अन्नपूर्ण पोस्ट्का अखण्ड भण्डारी र शम्भु कट्टेलले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्रीद्वारा भएको प्रतिनिधिसभा विघटनको धेरैले विरोध गरिरहेका छन्; तपाईंले भने समर्थनमा अभिव्यक्ति दिँदै आउनुभएको छ; यो कदम ठीक लाग्नुको कारण के हो ?
कामै गर्न नसक्ने स्थितिमा देशलाई बसाइराख्नु हुँदैन। उपाय पनि छैन अरू। संविधान बनाउने बेलैमा हामीले प्रधानमन्त्रीलाई विशेषाधिकार दिइनुपर्छ भनेका थियौं। उहाँहरू (तत्कालीन ठूला दल) ले कुन समझदारीमा उल्टो पार्नुभयो, थाहा भएन। संसारका कुनै पनि देशमा राष्ट्रपति र प्रधानमन्त्रीलाई विशेषाधिकार नदिइएको हुँदैन। नत्र सरकारले कामै गर्न सक्दैन। हामीकहाँ ६–७ महिना त झगडैमा बित्यो। कुनै निर्णय हुन पाएन। उहाँहरूका मनमा फेरि–फेरि प्रधानमन्त्री बन्ने भन्ने थियो होला। त्यसो हुँदा हरेक एकडेढ वर्षमा प्रधानमन्त्री फेरिने भए। पार्टीका सबै प्रधानमन्त्री हुने भए। त्यसैले प्रधानमन्त्री केपी ओलीको विघटनसम्बन्धी निर्णयको औचित्य छ भनेको हो मैले।

प्रकाशित मिति: : 2021-01-03 11:30:00

प्रतिकृया दिनुहोस्