प्रदेश नम्बर एकलाई पहिलो पटक प्रधानमन्त्री कपकाे उपाधि

साविक विजेता एपिएफलाई हराउँदै प्रदेश नम्बर एकले पहिलो पटक प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता च्याम्पियन बनेको छ।

आइतबार भएकाे फाइनल खेलमा एपिएफलाई ६ रनले हराउँदै प्रदेश नम्बर एकले उपाधि जितेकाे हाे। जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले २० ओभरमा ७ रन बनाउँदै ९९ रन बनाउन सक्यो। 

अन्तिम ओभरमा एपिएफलाई जितको लागि १३ रन चाहिएको थियो। स्पिनर संगिता राईले अन्तिम ओभरको पहिलो बलमा ममता चौधरीलाई २ रन दिएकी थिइन्। 

दोस्रो बलमा ममता चौधरी दुई रन लिनेक्रममा रन आउट भएपछि खेल थप रोमान्चक बनेको थियो। तेस्रोबलमा सीता रानामगरले दुई रन लिँदा चौथो बल डट राखेकी थिइन्। 

पाँचौ बलमा सीता स्टम्पिङ आउट भइन्। अन्तिम बलमा संगिताले एक रन दिँदै खेल जिताएकी थिइन्।एपिएफलाई छैटौं विकेटका लागि करुणा भण्डारी र ममता चौधरीले ६४ रनको महत्वपूर्ण साझेदारी गरे। 

ममता ४७ बलमा ३४ रनमा रन आउट भइन्। करुणा ३६ बलमा १ चौका सहित २६ रनमा अविजित रहिन्। कप्तान रुविना क्षेत्री बेलबासेले दोस्रो ओभरको चौथो बलमा ओपनर राजमती ऐरीलाई शून्यमा बोल्ड आउट गरेकी थिइन्। 

चौथो ओभरको पाँचौ बलमा रुविनाले इन्दु बर्मालाई ७ रनमा बोल्ड गरेकी थिइन्। छैटौं ओभरमा युवा स्पिनर अलिसा खदियाले पहिलो बलमै सरिता मगरलाई ६ रनमा एलबिडब्लू आउट गरिन्। अन्तिम बलमा ज्योती पान्डेलाई १४ रनमा एलबिडब्लू आउट गरिन्।

सातौं ओभरको पाँचौं बलमा सोनु खड्कालाई रोमा थापाले १ रनमा रन आउट भइन्। 

एलिसा खदियाले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन्। कप्तान रुविनाले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन्। संगिता राईको नाममा एक विकेट रह्यो।

प्रकाशित मिति: : 2021-01-03 15:02:00

प्रतिकृया दिनुहोस्