बार्सिलोनाको कठिन जित

बिएल संवाददाता

काठमाडाै‌ं

स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले हुएस्कामाथि साँघुरो जित दर्ता गरेको छ।

बार्सिलोनाले हुएस्कालाई उसकै मैदानमा  १–० ले हराउन सफल भएको हो।

बार्सिलोनाको जितमा फ्रान्की डि जोङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो।

उनले २७औं मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा गोल गरेका थिए।

यस जितसँगै बार्सिलोना १६ खेलबाट २८ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ।

बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग १० अंकले पछि छ। पराजित हुएस्का १२ अंक जोडेर पुछारमा छ।

प्रकाशित मिति: : 2021-01-04 08:49:00

प्रतिकृया दिनुहोस्