कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ

फाइल तस्वीर
फाइल तस्वीर

कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन्।

स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्व–पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको अटो रिक्सामा राखिएको अवस्थामा प्रहरीले खागसहित उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। 

पक्राउ पर्नेमा जिल्लाको बर्दगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैनबहादुर कठरिया रहेकाे संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्यायले जानकारी दिए।

उनले खाग कहाँबाट ल्याएका थिए र कहाँ लैजाँदै थिए भन्ने विषयमा अनुसन्धान भइरहेको एसएसपी उपाध्यायले जानकारी दिए।

प्रकाशित मिति: : 2021-01-04 12:33:00

प्रतिकृया दिनुहोस्