सिरहामा फूसकाे घर फाेडेर आफ्नै छिमेकीले गरे बालिकालाई बलात्कार

संकेतिक तस्वीर
संकेतिक तस्वीर

सिरहामा एक किशोरी बलात्कृत भएकी छन्। जिल्लाको गोलबजार नगरपालिकामा बस्ने एक १५ वर्षीय किशोरीलाई उनकै गाउँकै २४ वर्षीय प्रकाश शर्माले बलात्कार गरेका हुन्।

घरमा कोही नभएको मौका छोपी शर्माले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। 

गत पुस १४ गते राती किशोरी घरमा एक्लै बसिरहेको बेला शर्माले जवरजस्ती करणी गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको ईलाका प्रहरी कार्यालय गोलबजारले जानाएको छ।

पीडित बालिकाका आफन्तले दिएको उजुरीको अधारमा प्रहरी शर्मालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार जबरजस्ती करणीको उजुरी परेपछी आरोपितलाई अनुसन्धानको लागि पक्राउ गरिएको बताए।

आमा छोरी दुबैजना काम बिशेषले बाहिर गएको र काम विशेषले आमा उतै बसेको र घरमा एक्लै रहेकी मौका छोपेर आरोपित शर्माले १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको स्थानीय बताउछन्। 

स्थानीयका अनुसार  आफ्ना दुई र तीन जना साथिसँगै गएका शर्माले पीडित बालिकाको फूसको घर फोडी किशोरीलाई जबरजस्ती गरेको स्थानीयले बताएका हुन् ।
 

प्रकाशित मिति: : 2021-01-04 16:04:00

प्रतिकृया दिनुहोस्