हाल प्रदर्शन भइरहेको सुपर हिट कमेडी सिनेमा ‘गड मदर्ड’की नायिका इस्ला फिसरले कसैसँग पनि कुनै प्रकारको आशा गर्नु राम्रो नभएको बताएकी छिन्।
आइएएन एससँग कुरा गर्दै नायिका फिसर भन्छिन्,‘अरुसँग आशा गर्दा त्यो पुरा हुन् सकेन भने धेरै दुख हुन्छ।’
आफ्नो बैबाहिक जीवनमा खुशी रहेको र आफ्नो परिवारको धेरै माया लाग्ने बताउने नायिका फिसरले भनिन्,‘लक्ष्य हासिल गर्न खोज्नु राम्रो हो, तर जीवनमा आउने परिस्थतिसँग लड्दै त्यसलाई जीवनको मार्ग दर्शक बनाउनु त्यो भन्दा राम्रो हो।’
३ फेब्रुवरी १९७६ को दिन ओमानको मस्कटमा जन्मेकी नायिका फिसरले युसीमी वान र टु, ट्याग, रेङ्गो, हट रोड, द बीच बम, ग्रिड, लन्डन, स्विमिङ्ग पुल आदिमा अभिनय गरेकी छिन्।