८२ का हुन्थे हर्क गुरुङ

हिमाल खबर

काठमाडौँ

भैरव रिसाल 

विकास योजना र संरक्षणको क्षेत्रमा डा.हर्क गुरुङको विद्वत्तासँग अपरिचित को होला र ! यी भूगोल तथा योजनाविद्को सरसङ्गतबाट उनको तीक्ष्णताको गहिराइ नजिकैबाट नियाल्न पाएँ मैले। कहिले एउटै कार्यालयको सहकर्मी भएर काम गरें, कहिले संरक्षण कार्यमा सँगै हिंडें। लप्पनछप्पन नगर्ने उनी हक्की थिए।

२०२१ सालताका डा.गुरुङ र मैले राष्ट्रिय समाचार समिति (रासस) मा करीब ६ महीना सँगै काम गर्‍यौं। बेलायतको विश्वविद्यालयमा विद्यावारिधिको शोधपत्र बुझाएर आएका उनी पत्रकारिताको जागिरे भएका थिए। म नेपाली डेस्कमा थिएँ, उनी खेलकुदको रिपोर्टिङ गर्नुका साथै अंग्रेजी डेस्क हेर्थे। तेजिला थिए, समाचारको अनुवाद छिटो गर्थे।

उनले केहीपछि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पनि गरे। उनी योजना आयोगको सदस्य र पछि उपाध्यक्ष भए। नेपाल वातावरण पत्रकार समूह (नेवापस) का निम्ति उनी अभिभावक जस्तै थिए। हामीलाई अप्ठेरो पर्दा र नयाँ कामका लागि सल्लाह माग्दा व्यावहारिक राय दिन्थे।
 

प्रकाशित मिति: : 2021-01-05 11:43:00

प्रतिकृया दिनुहोस्