फाइजर र बायोएनटेकको खाेप लिएका पुडासैनीलाई काेराेना संक्रमण

कोरोना भाइरसबाट बच्न फाइजर र बायोएनटेकको खाेप लिएका बेलायतमा कार्यरत नेपाली मूलका एक वरिष्ठ नर्सलाई संक्रमण देखापरेको छ।

गत ३१ डिसेम्बरमा २०२० मा  पहिलो डोज लिएका वरिष्ठ नर्स तथा प्रवासी नेपाली एकता मन्च युकेको अध्यक्ष  राजेन्द्र पुडासैनीलाई पोजेटिभ देखिएको हो। 

 खाेप तीन साताका बीचमा दुई डोज लिनु पर्नेछ। तर, उनले सोमबार टेष्ट गराउँदा कोरोना पोजेटिभ देखिएको दावी गरेका छन्।

 कोरोना संक्रमण देखिएपछि उनी आइसोलेसनमा बसेका छन्।

उनमा उच्च ज्वरो, टाउको दुख्ने, कोलोन, छाती दुख्ने र भारी हुने, आन्द्रामा स्पाइजम र सुख्खा खोकी आएको बताए।

प्रकाशित मिति: : 2021-01-06 23:06:00

प्रतिकृया दिनुहोस्