अमेरिकी माथिल्लो सदनमा डेमोक्र्याटिक हावी, नेपालीका फेरिने भए दिन

बिएल संवाददाता

न्युयाेर्क

सिनेटको दुई सिटका लागि जर्जियमा मङ्गलबार भएको चुनावमा दुवै सिटमा डेमोक्र्याटिक पार्टीका उम्मेदवारहरु जोन ओसोफ र राफल वार्नक बिजयी भएका छन्।

उनीहरुले क्रमस रिपब्लिकन पार्टीका उम्मेदवार डेभिड पर्डयु र केली लोफ्लरलाई पराजित गरेका हुन।

 अब सिनेट मा दुवै पार्टीको ५०/५० सिट भए पनि उप राष्ट्रपति को निर्णायक मतले डेमोक्र्याटिक पार्टीको बहुमत हुनेछ।

 प्रतिनिधिसभामा यस अघि नै डेमोक्र्याटिक पार्टीको बहुमत भइसकेको छ। अब चुनाव पूर्व नवनिर्बाचित राष्ट्रपति जो वाइडेनले बाचा गरेका नस्शुल्क शिक्षा र स्वास्थ, करिब ११ मिलियन कागजपत्र बिहिन हरुलाई कागज प्रदान गर्ने लगायत का काम हरु गर्न सजिलो हुने भएको छ।

अमेरिकी राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेको पहिलो दिन नै वाइडेनले अमेरिकामा रहेका झण्डै ११ मिलियन कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने बिल सदनमा पठाउने योजना बनाएका छन्।

 दुबै सदनमा नियन्त्रण कायम गरेको अवस्थामा अब यो बिल पारित गर्नमा समस्या हुनेछैन।

यसको साथै टिपीएस र डाका अन्तर्गत रहेका कागजपत्र बिहिनहरुलाई पनि निश्चित मापदण्ड पुरा गरेर ग्रीन कार्डको दायरामा ल्याउने कार्यक्रम रहेको छ। स्मरण रहोस् टिपीएस अन्तर्गत करिब ९ हजार र डाका अन्तर्गत करिब ६० जना नेपालीहरु रहेका छन्।

प्रकाशित मिति: : 2021-01-07 07:39:00

प्रतिकृया दिनुहोस्