युनाइटेडलाई स्तब्ध पारेर सिटी पुग्यो फाइनलमा

म्यानचेस्टर युनाइटेडलाई पराजित गरेर म्यानचेस्टर सिटी इएफएल ९काराबाओ वा लिग० कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

ओल्डट्राफोर्डमा बुधबार राति भएको म्यानचेस्टर ‘डर्वी’ मा म्यानचेस्टर युनाइटेडको चुनौती २–० ले पन्छाउदै सिटी फाइनलमा प्रवेश गरेको हो।

५०औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाए।

८३औं मिनेटमा फर्नाडिन्होले गोल गर्दै सिटीलाई जित दिलाए।

अब सिटीले उपाधिका लागि २५ अप्रिलमा प्रिमियर लिग प्रतिद्धन्द्धी टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ। खेल वेम्वली स्टेडियममा हुनेछ। 
 

प्रकाशित मिति: : 2021-01-07 07:51:00

प्रतिकृया दिनुहोस्