चिसोले खोस्यो खुसी

एकीकृत नमुना मुसहर बस्तीका घर रंगिचंगी देखिन्छन्। घर अगाडि हुर्किएका बिरुवाले बस्ती निकै सुन्दर देखिन्छ। यस्तै वातावरणमा पनि ५५ वर्षीया रामरती सादा शोकमा छिन्। 

महोत्तरीको बर्दिबास–१४ स्थित उनको घरमा सन्नाटा छाएको छ। २० दिनको अवधिमा उनले गर्भवती बुहारी, नवजात शिशु र अर्का आठ महिने नाति गुमाएकी छन्। उनको घर पुग्दा रामरती टोलाइरहेकी थिइन्। गाउँलेहरू स्तब्ध थिए। शोकले सादाको घरको चुलो बलेको थिएन।

नवजात शिशुको मृत्युको शोक भुल्न नपाउँदै उनले माइली बुहारी गुमाउनु परेको छ। बुहारीको काजकिरिया सक्न नपाउँदै चिसोले उनको नाति खोस्यो। पुस्तौनी गरिबीको दलदलमा फसेको परिवारलाई चिसोले छोडेन। लकडाउनले सादाको परिवारको आम्दानी गुम्यो। कमाइ नभएपछि यो चिसोमा उनीहरूले बच्चाहरूका लागि न्यानो कपडा किन्न सकेनन्। 

प्रकाशित मिति: : 2021-01-07 13:03:00

प्रतिकृया दिनुहोस्