नेविसंघले संसद् विघटनविरुद्ध ‘उल्टो हिँडेर’ प्रदर्शन गर्ने

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले सरकारकाे कदमविरुद्ध ‘उल्टो हिँडेर’ प्रदर्शन गर्ने भएको छ।

नेविसंघ केन्द्रीय समितिले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार सरकारविरुद्ध काठमाडौंमा ‘उल्टो हिँडेर’ प्रदर्शन गर्न लागेको हो। 

बिहीबार एक बजे माइतीघरबाट सुरु हुने ‘उल्टो यात्रा’ बानेश्वरमा पुगेर सभामा परिणत हुने नेविसंघ महामन्त्री उर्मिला थपलियाले बताइन्।

सरकारको कदम संविधानविपरीत भएकोले सांकेतिक रुपमा विरोध कार्यक्रम राखिएको उनले जानकारी दिइन्।

प्रकाशित मिति: : 2021-01-07 13:13:00

प्रतिकृया दिनुहोस्