हलिउडको चर्चित जोडी किम–कान्येबीच पारपाचुकेको तयारी

हलिउडको चर्चित जोडी किम कर्दासियन र कान्ये वेस्टको पारपाचुकेले विदेशी मिडिया तातेको छ। 

एक रिपोर्टअनुसार हलिउड स्टार किम र र्यापर कान्यबीच पछिल्लो समय सम्बन्ध त्यति राम्रो देखिदैन। केही महिनादेखि उनीहरू छुट्टिएर बस्न थालेको पनि अमेरिकी मिडियामा समाचार प्रकासित भएको थियो। 

कान्येले डिभोर्सका लागि लस एञ्जल्सका एक नामुद वकिल लारा वासरलाई नियुक्त गरेको समाचार एजेन्सीले जनाएको हो। 

४० वर्षीय किम लामो समयदेखि आफ्नो ४ सन्तानसँग एक्लै लस एञ्जल्समा बसोबास गर्दै आइरहेकी छिन्। 

४३ वर्षीय कान्य वेस्ट ब्योमिङको फार्म हाउसमा एक्लै बसिरहेका छन्। केही दिनअघि दुबै जना बिहेको औठी नलगाएको अवस्थामा भेटिएका थिए। 

किमले पछिल्लो समय आफ्नो अध्ययनलाई सुचारु राख्न कान्येसँग डिभोर्स गर्न लागेको बताइएको छ। उनी वकिल बन्ने अभियानमा छिन्। 

कान्येसँग पारपाचुके भएको खण्डमा किमको तेस्रो डिभोर्स हुनेछ। उनी र कान्यको सम्बन्ध ७ वर्षअघि जोडिएको थियो।

किमको यसअघि डेमन थोमस र क्रिस हम्फ्रिजसँग पनि पारपाचुके भएको थियो। किम र कान्यले २०१४ मा इटालीमा बिहे भएको थियो। 

उनको जेठी छोरी नोर्थ, जेठो छोरा सेन्ट, कान्छी छोरी शिकागो र कान्छो छोरो साम उनीसँगै बसोबास गर्छन्।

प्रकाशित मिति: : 2021-01-07 17:43:00

प्रतिकृया दिनुहोस्