राजेन्द्र महताेसँग अन्तर्वार्ताः संसद् पुनर्स्थापना समाधान हाेइन, यस्ताे गणतन्त्र र स‌ंघीयताकाे काम छैन

शिलापत्र

काठमाडौँ

  याेगेश ढकाल

५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दल, नागरिक समाज र बुद्धिजीवीहरू सडकमा छन् । ओलीको कदम गैरसंवैधानिक भन्दै मुख्य दलहरू आन्दोलनमा छन् । त्यही आन्दोलनमा छ, जनता समाजवादी पार्टी (जसपा) । जसपाभित्रै दुई धार देखिएको छ । अध्यक्ष उपेन्द्र यादव अहिले संसद् पुनर्स्थापनाको पक्षमा छन् । तर, अर्का वरिष्ठ नेता राजेन्द्र महतोले प्रष्टसँग पुनर्स्थापनाको विरोध नगरे पनि पुनर्स्थापना मात्र समस्याको समाधान होइन भनिरहेका छन् । उनै महतोसँग शिलापत्रकर्मी योगेश ढकालले गरेको संवादकाे सम्पादित अंश : 

तपाईं प्रतिनिधिसभा पुनर्स्थापना वा निर्वाचन अहिलेको विकल्प होइन भन्नुहुन्छ । खास के भन्न खोज्नुभएको हो ?

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुनर्स्थापना वा निर्वाचनको विकल्पमा छलफल भइहरहेको छ । मेरा भनाइ यी दुवै अहिलेको समस्याको समाधान गर्ने उपाय होइनन् । देशको समस्या के हो भन्ने पहिला पहिचान हुनुपर्छ । प्रतिनिधिसभा विघटन भयो, अब पुनर्स्थापना हुनेबित्तिकै समाधान हुने कुरा के हो ? त्यो कति वास्तविकता हो ? वा पुनर्स्थापनाको सट्टा निर्वाचन कति सहज विकल्प हो ? निर्वाचन हुनेबित्तिकै समस्या समाधान भइहाल्छ त ? त्यो हुदाँ ठीक हो कि होइन् ? यो मुख्य सवाल हो ।

तत्कालको विकल्प त कि पुनर्स्थापना कि निर्वाचन नै हो नि ?

तत्कालका लागि हुन सक्छ । मैले स्थायी उपायको कुरा गरेको हो । तत्काल पुनर्स्थापना गर्ने अनि भोलि प्रतिगमन भइरहने स्थिति आए के हुन्छ ? किनभने प्रतिनिधिसभा विघटन, पुनर्स्थापना र निर्वाचन देशमा पहिलोचोटि भएको होइन । प्रतिगमन पहिलो पटक भएको होइन । पटक-पटक प्रतिगमन हुने, पटकपटक पुनर्स्थापना गर्ने, पटकपटक निर्वाचन पनि गर्ने अनि फेरि प्रतिगमन हुने, यस्तो गोलचक्करमा नेपाल फसिरहेको छ । देशलाई बर्बाद गर्ने काम भइरहेको छ । त्यस कारण अहिलेको समस्याको समाधानको बाटो खोज्नुपर्‍यो ।

प्रकाशित मिति: : 2021-01-08 15:39:00

प्रतिकृया दिनुहोस्