इन्डोनेशियामा ६२ जना सवार विमान दुर्घटना

इन्डोनेसियामा एउटा विमान जकार्ताबाट उडेको केहीबेरमै शनिबार बेलुकी दुर्घटनामा परेको छ।

जकार्ताबाट इन्डोनेसियाकै पोन्टियानाकका लागि उडेको श्रीविजाया एअरको बोइङ्ग ७३७ विमान उडेको केही बेरमै दुर्घटनामा परेको हाे। विमानमा १२ बालबालिकासहित ५० यात्रु र चालक दलका १२ सदस्य थिए।

विमान विमानस्थलबाट २० किलोमिटर टाढा दुर्घटनामा परेको हो। भीषण बर्षाका कारण निर्धारित समयभन्दा आधा घन्टा ढिला उडेको उक्त विमान दुर्घटनामा परेको हो।

इन्डोनेसियाका अधिकारिहरुले विमान दुर्घटना भएको स्थल पत्ता लगाउन सफल भएको बताएका छन्। विमान जकार्ता नजिकको आइल्याण्ड आसपासमा दुर्घटनामा परेको अनुमान छ।

विमान दुर्घटना भएको क्षेत्रमा १० भन्दा बढि पानी विमान पठाइएको छन्। साथमा नेभी डाइभर पनि छन्।

दुर्घटनाग्रस्त विमानको भबग्नावशेष ठानिएको सामग्रीको अनुसन्धानकर्ताले त्यसको विश्लेषण गरेका छन्। राति स्थगित गरिएको उद्धार तथा खोजी अभियान आइतबार बिहान सुरु भएको अधिकारीले बताएका छन्।

 

प्रकाशित मिति: : 2021-01-10 07:58:00

प्रतिकृया दिनुहोस्