मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।
दुर्घटनामा परेर उर्लाबारी नगरपालिका ८ खाईवा चोककी ७ वर्षीया अदीति ओझाको मृत्यु भएको हो।
अदीतिलाई उर्लाबारी ५ स्थित भित्री पक्की सडक खण्डमा को २० प ९७२७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धब पोखरेलले जानकारी दिए।
अटोबाट ओर्लने क्रममा मोटरसाइकलले अदीतिलाई मोटरसाइकललाई ठक्कर दिएको थियो।
उनका आमा बीपीसाका अनुसार दिउसो २ः ३० बजेतिर उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन्।
उनको उपचारका क्रममा साँझ ७ः३० बजेतिर विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक पोखरेलको भनाइ छ।
दुर्घटनामा परेर मोटरसाइकल चालक उर्लाबारी ५ का ५० वर्षीय विनोद अग्रवाल पनि सामान्य घाइते भएका छन्।
उनको प्रहरी निगरानीमा गोदावरी अस्पताल उर्लाबारीमा उपचार सम्भव नभएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको छ।
घटनाको अनुसन्धान थालेको प्रहरीले मोटरसाइकल भने नियन्त्रणमा लिएको छ। पढाईमा अब्बल रहेकी ओझाको मृत्युको घटनाले गाउँ शोकमा डुबेको छ।