नेपाल कोरोना भाइरसः कोभिड-१९ को खोपको तेस्रो चरणको परीक्षण गर्न यसरी भइरहेको छ तयारी

एथिकल अप्रूभल अर्थात् नैतिक स्वीकृति प्राप्त भएको तथा कानुनी रूपमा बाटो खुलेको अवस्थामा चाँडैमा अबको तीन हप्ताभित्र नेपालमा कोरोनाभाइरसविरुद्ध एउटा खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण अघि बढाउन सकिने अवस्था रहेको सम्भावित परीक्षण कार्यक्रमको नेतृत्व गरिरहेकी एक चिकित्सकले बीबीसीलाई बताएकी छन्।

त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) की डीन तथा शिक्षण अस्पतालमा गरिने परीक्षणको नेतृत्व गरिरहेकी प्रा. डा. दिव्यासिंह शाहका अनुसार तेस्रो चरणको परीक्षणका लागि आवश्यक प्रयोगशालासहित अन्य विभिन्न पूर्वाधार निर्माणको कार्य 'लगभग सम्पन्न' भइसकेको छ।

प्रकाशित मिति: : 2021-01-12 08:55:00

प्रतिकृया दिनुहोस्