नेपालमा बाल आत्महत्या दर बढ्यो

रातोपाटी

काठमाडौँ

 

माया श्रेष्ठ 

काठमाडांँको कोटेश्रस्थित महादेवस्थानमा नजिकै बस्दै आएका उदयपुर गाईघाटका १४ वर्षीय बालकले पाँच दिन अघि आत्महत्या गरे । आमा बुवाको अनुमतिबिना घरको पैसा उनले झिकेका थिए । नसोधी पैसा झिकेको भन्दै आमाले गाली गर्दा सलमा पासो लगाएर आशिष चौधरीले आत्महत्या गरे । यसरी आशिष जस्तै आवेगमा आएर वा मनोरोगी भएर आत्महत्या गर्ने बालबालिकाको संख्या पछिल्लो समय  बढेकोे छ ।

यता, घरभित्र बस्दा सरल स्वभाव देखाउने तर घर बाहिर निस्किसकेपछि एकोहोरो चिच्याउने लामो समयसम्म रोहिरहने व्यवहार डिल्लीबजारका ५ वर्षीय बालकले देखाउन थाले । घरभित्र बस्दा मोवाइल, टिभीमा हेर्दै एक्लै खेलेर खुसी हुने ती बालक घरबाहिर निस्कदा, सवारीसाधान देख्दा, चढ्दा डराउने क्रम नरोकिएन । रातिमस्त निदाएका बालक एक्कासी बेलाबेलामा चिच्याएर रुन थाले । उपचारको क्रममा थाहा भयो कि उनलाई त मानसिक समस्या पो रहेछ ।

यस कोरोना महामारीमा लामो समयसम्म घरभित्र सिमित बनेका बालकालिकाहरुमा तुलनात्मक रुपमा मानसिक समस्या देखिएको मनोविश्लेषक बासु आचार्य बताउँछन् । मानसिक रुपमा पीडीत बालबालिका पनि हुन्छन् भन्दा धेरै अभिभावक पत्याउन तयार हुँदैनन् । तर, अपवादमा बाहेक आत्महत्या गर्ने बालबालिका प्रायः मानसिक समस्याबाट ग्रसित हुने कान्ति बाल अस्पतालका बाल मनोचिकित्सक उत्कर्ष कार्की बताउँछन् ।

प्रकाशित मिति: : 2021-01-12 11:31:00

प्रतिकृया दिनुहोस्