के हुँदैछ खाडीमा घरेलु कामदार पठाउने प्रक्रिया?

नेपाल लाइभ

काठमाडौँ

निर्मला घिमिरे

 घरेलु कामदारका रुपमा दुवई जान भनेर सोममाया तामाङ (नाम परिवर्तन) त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलसम्म पुगिन्। भिजिट भिसा र पासपोर्टको विवरण हेर्दा शंका लागेर प्रहरीले उनलाई सोधपुछ गर्‍यो। सोधपुछ गर्दा उनले आफू घरेलु कामका लागि दुवई जान लागेको बताइन्। त्यसपछि प्रहरीले उनलाई त्यहिँबाट फर्कायो। 

महोत्तरी खयरमारा गाविस वडा नम्बर ४ का ३५ वर्षिय मंगले तामाङ भन्ने जितबहादुर भुजेलले घरेलु कामको प्रलोभनमा पारी बेचबिखनका लागि भिजिट भिसामार्फत् सोममायालाई दुवई लैजान लागेको कुरा त्यसपछि थाहा भयो। निज जितबहादुर भुजेललाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरिसकेको छ। निजविरुद्ध मानव बेचबिखन तथा ओसारपसार(नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। 

त्यस्तै उर्मिला थापा (नाम–थर परिवर्तन) सहित ४ जना महिलाहरु घरेलु कामदारका रुपमा कुवेत जाने सोचमा थिए। वैधानिक रुपमा घरेलु कामदारका रुपमा जान सहज वातावरण नभएपछि उनीहरुले कुवेत छिर्न भारतको बाटो रोजे। भारतको बाटो रोज्न राजी भएका उनीहरु मानव तस्करको पञ्जामा परे। मानव तस्करले खाडी पुर्‍याएर बिक्री गर्ने उद्देश्यले भारतमा बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले उनीहरुको उद्धार गर्‍यो। 

पारिवारिक अवस्था निकै कमजोर भएकी सिन्धुपाल्चोककी मनमाया (नाम परिवर्तन) वर्ष  ३६ ले पनि वैदेशिक रोजगारीमा जाने सोच बनाइन्। श्रम स्वीकृति लिएरै वैदेशिक रोजगारीमा जाने सोच बनाएकी उनको मेडिकल फेल भयो। मेडिकल फेल भएसँगै वैधानिक रुपमा वैदेशिक रोजगारीमा जाने बाटो बन्द भयो। उनले मेडिकल फेल भए पनि अवैध रुपमा भारत हुँदै कुवेत जान मिल्ने सुनिन्। गाउँकै एक एजेन्टको साथ लागेर उनी भारत हुँदै कुवेत हिँडिन्।

प्रकाशित मिति: : 2021-01-12 12:17:00

प्रतिकृया दिनुहोस्