टेस्ट वरीयतामा केन विलियमसन शिर्षस्थानमा, स्मिथ उक्लिए दाेस्राेमा

बिएल संवाददाता

काठमाडाै‌ं

सिड्नीमा सोमबार सकिएको टेस्टको पहिलो इनिङ्ग्समा शतक प्रहार गरेका अस्ट्रेलियाका स्टिभ स्मिथ आइसिसी टेस्ट खेलाडी वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन्। 

ब्याट्सम्यानतर्फको वरीयतामा ९०० अंक जोडेका उनले भारतका विराट कोहलीलाई पछि पारेका हुन्। 

यता कोहली तेस्रो स्थानमा झरेका छन्। कोहलीको ८७० अंक रहेको छ।

वरीयताको शीर्षस्थानमा न्युजिल्यान्डका कप्तान केन विलियमसन छन्। विलियमसनले ९१९ अंक जोडेका छन्।

चौथो स्थानमा अस्ट्रेलियाका मर्नस लुबसेन (८६६ अंक) र पाँचौ स्थानमा पाकिस्तानका बाबर अजाम (७८१ अंक) छन्।

अलराउन्डरको शीर्ष स्थानमा इंग्ल्यान्डका वेन स्टोक्स छन्। उनको ४४६ अंक छ। एक स्थानमाथि उक्लिएर दोस्रो वरीयतामा रहेका भारतका रवीन्द्र जडेजाको ४२८ अंक छ। 

तेस्रो स्थानमा वेस्ट इन्डिजका जासन होल्डर (४२३ अंक), चौथो स्थानमा बंगलादेशका सकिब अल हसन (३६६ अंक) र पाँचौ स्थानमा न्युजिल्यान्डका केल जेमिसन (२९३ अंक) छन्। 

टेस्ट बलरको वरीयताको शीर्ष चारमा कुनै परिवर्तन भएको छैन। अस्ट्रेलियाका पाट कमिङ्ग्स ९०८ अंककाे साथ शीर्षस्थानमा छन्। 

इंग्ल्यान्डका स्टुवार्ड बोर्ड दोस्रो स्थानमा रहदा तेस्रो स्थानमा न्युजिल्यान्डका निल वाग्नर छन्।उनीहरुकाे अंक क्रमश: ८४५ र ८२५ छ।

चौथो स्थानमा न्युजिल्यान्डका टिम साउथी ८११ अंक जोड्दै छन्। अस्ट्रेलियाका जोश हजलउड ८०५ अंक जोडेर वरीयतामा ३ स्थान उक्लेर पाँचौ स्थानमा आइपुगेका छन्। 

प्रकाशित मिति: : 2021-01-12 12:35:00

प्रतिकृया दिनुहोस्