‘मास्टर’काे टिकट लिने दर्शकको भीड थेग्न प्रहरी नै बाेलाउन पर्‍याे

साउथका सुपरस्टार विजय र विजय सेतुपती अभिनित चलचित्र ‘मास्टर’ बुधबारदेखि रिलिज हुन लागेको छ।  

यो चलचित्रको बुकिङ सोमबारदेखि नै खुलेको हो। सोमबारदेखि हलले बुकिङ खुल्ला गरेपछि दर्शकको भीड अत्याधिक देखिएको छ।

चलचित्रको टिकट लिनका लागि दर्शकको भीड अत्याधिक बढेपछि चेन्नाइको एक चलचित्र भवनका संचालकले प्रहरीलाई नै बोलाउनु परेको छ।

दर्शकहरुले न त सामाजिक दुरी कायम गरेका थिए न त धेरैले मास्क नै लगाएका थिए। हल संचालकले काउन्टरबाटै टिकट लिन नपाइने व्यवस्था गर्दै अनलाइन बुकिङ मात्र खुल्ला गर्नु परेको थियो।

 ‘मास्टर’ले बम्पर व्यापार गर्ने विश्लेषण गरिएकाे छ। यो चलचित्र भारतका विभिन्न ४ भाषामा रिलिज हुँदैछ। लोकेश कंगाराजले यो चलचित्रको निर्देशन गरेका हुन्।

प्रकाशित मिति: : 2021-01-12 15:43:00

प्रतिकृया दिनुहोस्