सिइओ छवि पोखरेलको बदमासीले एचआइडिसिएलको कर्मचारी योग्यतासम्बन्धी व्यवस्था परिमार्जन

काठमाडौं- हाइड्रो-इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)मा प्रमुख कार्यकारी अधिकृत (सिइओ) छवि पोखरेल तथा उपमहाप्रबन्धकहरू मुक्तिबोध न्यौपाने र अरुण रजौरियाको बदमासीपछि सञ्चालक समितिले योग्यतासम्बन्धी व्यवस्था परिमार्जन गरेको छ। सञ्चालक समितिको केही दिनअघिको बैठकले कम्पनीको प्रबन्धपत्रमा रहेको योग्यता सम्बन्धी व्यवस्थालाई परिमार्जन गर्दै विनियमावलीमार्फत् व्यवस्थापन गर्न लागेको हो। 

एचआइडिसिएल सञ्चालक समिति स्रोतले दिएको जानकारीअनुसार अब कम्पनीको सिइओ हुन चार्टर्ड एकाउन्टेन्ट र स्नात उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेको छ। कम्पनीका उपबहाप्रबन्धक न्यौपाने तथा केही कर्मचारीले यो व्यवस्था नराख्न सञ्चालक समितिमाथि चर्को दबाब दिएपनि यो व्यवस्था विनियमावलीमा राखिएको छ।

प्रकाशित मिति: : 2021-01-13 09:53:00

प्रतिकृया दिनुहोस्