पाहुना नआए पनि थपिदै छन् पर्यटन पूर्वाधार

हिमाल खबर

काठमाडौँ

 राजु बास्कोटा

नेपालमा कोरोना महमारीको प्रभाव देखिनुअघि सन् २०२० को पहिलो तीन महिना दुई लाख १५ हजार १११ आइसकेका थिए। कोरोना नियन्त्रण गर्न सरकारले बन्दाबन्दी घोषणा गरेपछि भने पर्यटक आगमन प्रायः ठप्प नै भएको अध्यागमन विभागको तथ्यांकले देखाउँछ।

विभागका अनुसार बन्दाबन्दीपछिको ६ महिना अर्थात गएको अप्रिलदेखि सेप्टेम्बरसम्म पर्यटक आगमन करिब ठप्प नै भयो। त्यति बेला नेपाल आउनेमा नेपाली मूलका विदेशी नागरिक, महामारी अध्ययन गर्न आउने संघसंस्थाका पदाधिकारी र आफन्त भेट गर्न आउने तर,विदेशमा बस्ने नेपालीमात्रै थिए। सरकारले पर्वतीय पर्यटकका लागि खुला गरेपछि भने मासिक दुई हजार पर्यटक आउन थालेका छन्। गएको नोभेम्बर र डिसेम्बरमा पनि औषत मासिक दुई हजार पर्यटक आए। महामारी सुरु भएपछिनेपालमा जम्मा १४ हजार ९७४ विदेशी पर्यटक मात्रै आएको अध्यागमन विभागको तथ्यांकले देखाउँछ।

विभागका सूचना अधिकारी टेकनारायण पौडेल सरकारले औपचारिक रूपमा पर्यटक आगमन खुला नगरेको बताउँछन्।उनी भन्छन्, ‘‘अहिले पनि नेपालमा आउने विदेशी पर्यटकको लागि अनअराइभल भिसा खुलेको छैन्। पूर्व स्वीकृति लिएर वा सम्बन्धित देशको दूतावासबाटै भिसा लिएर आउनेलाई मात्रै प्रवेश दिइएको छ।’’  महामारीको जोखिम कम हुन थालेपछि सरकारले पर्यटक आगमनमा सहजीकरण पनि गर्दै जाने हुँदा आगमन बढ्ने अपेक्षा पौडेलको छ।

त्रिभुवन अन्तर्राष्ट्रिष्य विमानस्थल कार्यालका अुनसार दैनिक अन्तर्राष्ट्रिय यात्रु नै जम्मा एक हजारदेखि एक हजार १०० मात्रै हुन्छन्। नेपाल आउने विदेशीमध्ये चिनियाँको संख्या बढी छ। नेपाली नागरिक जाने र आउने क्रम मात्रै बढी रहेकोले पर्यटकको गतिविधि कम भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

कोरोनाभाइरसको नयाँ ‘भेरिएन्ट’ पहिलोपटक भेटिएको बेलायतमा संक्रमितको संख्या ह्वात्तै बढेका छन्। उड्डयन प्राधिकरणले सो मुलुकबाट आउने विदेशी नागरिकलाई प्रवेश प्रतिबन्ध लगाएको छ। अन्य देशबाट आउने पर्यटकलाई होटल क्वारेन्टिन अनिवार्य गरिएको छ। यसरी नेपाल आउने पर्यटक नोभेम्बरमा एक हजार ९४७र डिसेम्बरमा एक हजार ९६५ जना थिए।
 

प्रकाशित मिति: : 2021-01-13 11:38:00

प्रतिकृया दिनुहोस्