युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा

 युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान एलिएन्ज एरिना टुरिनमा बुधबार राति भएको खेलमा युभेन्टसले जिनोआलाई ३–२ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो ।

 युभेन्टसको जितमा डिजान कुलुसेभ्स्की, अल्भारो मोराटा र हम्जा राफियाले गोल गरे । जिनोआका लेननार्ट सिबोरा र फिलिप्पो मेलेगोनीको गोल सान्त्वना बन्यो ।

दोस्रो मिनेटमा डिजान कुलुसेभ्स्कीले पासमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । २३औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्टसलाई २–० को अग्रता दिलाएका थिए ।

२८औं मिनेटमा लेननार्ट सिबोराले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ७४औं मिनेटमा फिलिपो मेलेगोनीले पाओलोको पासमा गोल गर्दै खेललाई निर्धारित समयमा २–२ गोलको बराबरीमा ल्याए ।

निर्धारित समयको थप गरिएको १०५औं मिनेटमा हम्जा राफियाले गोल गर्दै युभेन्टसलाई ३–२ को जित दिलाए । 

यस्तै कोपा इटालियाको अर्काे प्रि–क्वाटरफाइनलमा इन्टर मिलानले फियोरेन्टिनालाई अतिरिक्त समयमा २–१ ले तथा नेपोलीले इम्पोलीलाई ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थन बनाएको छ ।

प्रकाशित मिति: : 2021-01-14 07:50:00

प्रतिकृया दिनुहोस्