बालुवाटारमा योगगुरु क्षितिज बराकोटीसँग प्रधानमन्त्रीको योगाभ्यास

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री निवास बालुवाटारमा योग दिवस मनाइएको छ। ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा बिहिबार योग दिवस मनाइएको हो। 

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सरकारका उच्च अधिकारीहरू, योगगुरू लगायतको उपस्थिति थियो।

कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए।

मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो ।

यसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा योग दिवस मूल समारोह समिति गठन गरिएको थियो। 

यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

नेपालमा विसं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को प्रकोपबारे प्रमाणिक खोज र औषधिको अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताएका थिए।

प्रधानमन्त्री ओलीले हिमवत्खण्ड प्राचीनकालदेखि ऋषिमुनिहरुको तपोभूमिका रुपमा रहेकाले नेपाल योगको उद्गमस्थल रहेको उल्लेख गर्दै योगाभ्यास र आयुर्वेद एक भरपर्दो र प्राचीन उपचार पद्धति भएकाले स्वस्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लान आग्रह गरे। 

प्रकाशित मिति: : 2021-01-14 13:46:00

प्रतिकृया दिनुहोस्