अर्घाखाँचीको सन्धिखर्क नगरपालिका तुम्कोटमा छोराको कुटपिटबाट आमाको ज्यान गएको छ ।
सन्धिखर्क नगरपालिका १ तुम्कोट नेपाली टोलकी विमल नेपालीको कुटपिटबाट ५५ वर्षकी हिराकुमारी सार्कीको ज्यान गएको छ।
गएराति मदिरा सेवन गरि आएका विमलले खाना बनाउने सामान्य विवादमा प्लाष्टिकको पाइपले आमा र बुवालाई कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिट गरि फरार भएका विमललाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले जानकारी दिए ।
शवलाई पोष्टमार्टमका लागि अर्घाखाँची अस्पतालमा लगिएको वडा सदस्य लक्ष्मण पराजुलीले बताए छन्।