दर्शकले हानेको ढुंगा लागेर स्वयम्सेवक घाइते भएपछि गोरु जुधाइ कार्यक्रम अवरुद्ध

नुवाकोटको तारुकामा गोरु जुधाइ कार्यक्रम अवरुद्ध भएको छ। 

गोरु जुधाइ कार्यक्रममा एक स्वयम्सेवक घाइते भएपछि कार्यक्रम अवरुद्ध हुन पुगेको हो।

स्थानीय पत्रकार विष्णु तारुकेका अनुसार गोरु जुधाइ हेर्न आएका दर्शकहरुको भीडबाट अज्ञात व्यक्तिले हानेको ढुंगा लागेर ती स्वयम्सेवक घाइते भएका छन्।

 तारुकेका अनुसार गणेश सिग्देलको टाउकोमा चोट लागेको छ। ढुंगा हान्ने कार्यमा संलग्नमाथि कारबाहीको माग गर्दै पीडित पक्षले नाराबाजी गरेपछि अहिले गोरुजात्रा कार्यक्रम अवरुद्ध भएको हो। 

प्रकाशित मिति: : 2021-01-14 15:09:00

प्रतिकृया दिनुहोस्