इन्डोनेशियामा भूकम्पमा परी मृत्यु हुनेकाे संख्या ४२ पुग्याे

इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ। 

यस भूकम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको साथै र क्षतिग्रस्त भएको बताइएको छ। 

बिहान सबेरै आएको ६.२ म्याग्नीच्युडको शक्तिशाली  भूकम्पमा परी सुलावेसी द्वीपका सयौँ व्यक्ति घाइते भएका जनाइएको छ। यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो।

सुलावेसी द्वीपको मामुजु शरहमा मात्र यस भूकम्पको कारण २६ जनाको मृत्यु भएको यहाँको प्रकोप नियन्त्रण विभागका प्रमुख अलि रहमान बताएका छन्। भवनको भग्नावशेषमा अझै पनि व्यक्तिहरु पुरिएको अनुमान गरिएको छ।

उद्धारकर्ताहरुले मामुजु अस्पतालको भग्नावशेषमा उद्धारकार्य जारी राखेका बताइएको छ। 

भूकम्पको कारण भएको धनजनको क्षतिलगायतका विस्तृत विवरण भने प्राप्त भएको छैन। 

सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७।५ म्याग्नीच्युडको भूकम्प र त्यसपछिको  सुनामीमा परी ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। 

सन् २००४ को डिसेम्बर २६ मा गएको ९।१ म्याग्नीच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० व्यक्तिको मृत्यु भएको थियो।

 त्यसमा एक लाख ७० हजार इन्डोनेरियाली नागरिक रहेका थिए। 

प्रकाशित मिति: : 2021-01-16 07:22:00

प्रतिकृया दिनुहोस्