थप्पड हानेको र गाली गरेकाे आराेपमा अभिनेता मांजरेकरमाथि एफआईआर दर्ता

एक व्यक्तिलाई थप्पड हानेको र गाली गरेकाे आराेपमा अभिनेता महेश मांजरेकरमाथि एफआईआर दर्ता गरिएको छ । 

पुणेको यावत प्रहरी स्टेशनमा महेशविरुद्ध एफआईआर दर्ता गरिएको हो ।

घटना जनवरी १५ को हो । 

अभिनेताले कार दुर्घटनापछि एक व्यक्तिलाई थप्पड हानेका हुन् । पुणेको यावत प्रहरी स्टेशनमा महेशविरुद्ध एफआईआर दर्ता गरिएको हो ।

मांजरेकर बहुमुखी प्रतिभाका धनी हुन् । उनलाई बलिउडका उत्कृष्ट कलाकार मानिन्छ ।

उनले निर्देशन, लेखनदेखि निर्माणसम्मको काम गरेका छन् । 

प्रकाशित मिति: : 2021-01-17 13:37:00

प्रतिकृया दिनुहोस्