प्रधानमन्त्री ओलीकाे विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगड नियुक्त

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीकाे विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगडलाई नियुक्त भएका छन्।

मन्त्रिपरिषदको पुस २९ गतेको निर्णयअनुसार पूर्वराज्यमन्त्रीसमेत रहेका दुगडलाई सरकारको मन्त्रीसरहको सेवासुविधा पाउनेगरी नियुक्त गरिएको हाे।

उनी ओली नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री थिए। मन्त्रिपरिषद पुनर्गठन गर्दा उनलाई ओलीले हटाएका थिए।

यसअघि प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री युवराज खतिवडा थिए। खतिवडा अहिले अमेरिकाका लागि नेपाली राजदूत छन्।

प्रकाशित मिति: : 2021-01-17 17:27:00

प्रतिकृया दिनुहोस्