प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विद्यार्थी भेलामा लगाए यस्ता आरोप

बिबिसी

काठमाडाैं

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध 'आक्रामक' आन्दोलनमा उत्रिन युवाहरूलाई आह्वान गरेका छन्।

काठमाण्डूमा आइतवार आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको कदमलाई 'छुट दिन नसकिने' बताए।

उनले भने, "अब हाम्रो आन्दोलन अलि आक्रामक हुनुपर्‍यो। अलिकति बाघ र सिंह गर्जे जस्तो हुनुपर्‍यो कि प्रतिक्रान्तिकारीहरूको मुटु हल्लिनपर्‍यो। त्यस्तो आन्दोलन चाहिएको छ कमरेडहरू।"

"हिजो गिरिजाबाबु अथवा माधव-झलनाथजीले लाठी खाए जस्तै मलाई किनकिन के चिलाएको हो, मलाई लाठी खान मन छ यो पटक।"

प्रकाशित मिति: : 2021-01-17 18:01:00

प्रतिकृया दिनुहोस्