मधेस आन्दोलनको १४ वर्ष, नेतृत्वकर्ताहरु अलपत्र

जनकपुरधाम – माघ ५ गते अर्थात स्वायत्त मधेश एक प्रदेश र अधिकार प्राप्तिका लागि गरिएकाे मधेस आन्दोलनको १४ वर्ष पूरा भएको छ।

याे आन्दाेलन १९ दिनसम्म चलेको थियाे। याेसँगै अधिकार प्राप्तिका लागि मधेसमा तीनपटक आन्दोलन भयो । तीनवटै मधेस आन्दोलनमा १ सय भन्दा बढीले शहादत प्राप्त गरे ।

मधेस आन्दोलन जति पुरानाे हुँदै गयो, आन्दोलनको विरासत पनि कमजोर हुँदै गइरहेको छ । तैपनि मधेस आन्दोलनको सम्झनालाई ताजा राख्नका लागि प्रत्येक वर्ष यो दिनलाई बलिदानी दिवसको रुपमा मनाइँदै आएको छ । प्रदेश २ सरकारले बलिदानी दिवसको अवसरमा सार्वजनिक विदा समेत दिएको छ ।

तर मधेश आन्दोलनको सुरुवात भएको दिनमा समेत मधेशवादी दलमा त्यो उर्जा देखिएको छैन । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मधेस आन्दोलनको मुद्दा खुवै उठाइएको थियो । तत्कालिन संघीय समाजवादी फोरम र राजपाले राम्रो जित निकाले र प्रदेशमा अहिले मधेसवादी दलकै सरकार रहेको छ ।

प्रकाशित मिति: : 2021-01-18 13:26:00

प्रतिकृया दिनुहोस्