पुस मसान्तमा कस्तो आउला बैङ्कहरुको रिपोर्ट ?

रातोपाटी

काठमाडाै‌ं

शंकर अर्याल 

बैङ्क तथा वित्तीय संस्थाहरुलाई वित्तीय विवरण प्रकाशन गर्ने चटारो सुरु भएको छ । बैङ्क तथा वित्तीय संस्था मात्रै नभएर बीमा कम्पनी तथा बजारमा सूचीकृत अन्य कम्पनीहरु समेत यस्तो तयारीमा छन् । नेपाल धितोपत्र बोर्डले बजारमा सूचीकृत प्रत्येक कम्पनीले प्रत्येक त्रैमासको वित्तीय विवरण अनिवार्य रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ । बोर्डमात्रै नभएर राष्ट्र बैङ्क, बीमा कम्पनी लगायतका नियामक निकायले पनि यस्तो रिपार्ट प्रकाशनलाई अनिवार्य गरेका छन् । यही नियामकीय व्यवस्था पालना गर्न त्यस्ता संस्थाहरुले तयारी थालेका हुन् ।

सरोकारवालाका लागि सबै कम्पनीहरुको वित्तीय विवरण उत्तिकै महत्त्वपूर्ण हुने भए पनि अहिले बैङ्क तथा वित्तीय संस्थाको वित्तीय विवरण कस्तो आउला भन्ने चासो देखिएको छ । खासगरी बैङ्कको नाफा, प्रवाह भएको कर्जाको अवस्था, नउठेको कर्जाको प्रोभिजनिङ तथा व्यवसाय विस्तारको अवस्था मुख्य चासोको विषय हुन्छ । त्यसबाहेक पुँजीकोष अनुपात, सीसीडी अनुपात, पुँजीकोषको लागत, आधारदर लगायत सूचकलाई पनि महत्वपूर्ण मानिन्छ । बैंकिङ क्षेत्र अरु क्षेत्रसँग जोडिएको हुनाले यस्ता रिपोर्टलाई व्यवसायिक निर्णयको एउटा आधारको रुपमा समेत लिइन्छ । नाफा तथा प्रतिशेयर आम्दानी जस्ता सूचकमा भने शेयरधनीको चासो रहन्छ । 

प्रकाशित मिति: : 2021-01-18 14:15:00

प्रतिकृया दिनुहोस्